


अछाम- अछाममा बाटोबाट चिप्लिएर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।



अछामको मेल्लेख गाउँपालिका–४ सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षकी छोरी कृति साउँदको मृत्यु भएको हो। कृति साँफेबगर नगरपालिका–१३ मैडाली मामा घरबाट उपचार गर्न उनको मामासँग बुढाबगरबाट उपचार गर्न गएकी थिइन् । उपचार गरी फिर्ता हुने क्रममा ईगडी खोलाको साघुरो बाटोबाट चिप्लिन गई सोही खोलामा बगेर उनी वेपत्ता भएको प्रहरीले जनाएको छ ।


बालिकालाई इलाका प्रहरी कार्यालय घुघुरकोट, अछाम र सशस्त्र प्रहरी विपद मनसुन प्रतिकारी वेश टाँसी, अछामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बगेको स्थानबाट अन्दाजी ३ कि.मी. दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।





