लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।

Dadeldhura hospital

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिजापति र त्यही ठाउँका २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको छ।

Loading...