युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेः मुख्यमन्त्री शाह

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिए ।

युवा वर्गलाई प्रदेशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गरे । साथै उनले युवा वर्गलाई लागू औषतको सम्बन्धि जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा मुख्यमन्त्री शाहले टिकापुरका अरुण लोहारलाई एक लाख आर्थिक सहयोग तथा वृद्धि विकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताए । लोहारले देशका विभिन्न स्थानहरुमा निःशुल्क खगोल विज्ञान सम्बन्धि क्रियाकलाप गर्दै आएका छन ।

Dadeldhura hospital

र्मीलाई तीन/तीन महिनामा अदलीबदली गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सदस्यसचिव एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सदस्यसचिव आमोद दाहालले बताए । कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।

कैलाली कारागारभित्र रहेको कैदीको सङ्ख्या कारागारको क्षमताभन्दा पाँच गुणा बढी देखिएका कारण उत्पन्न सुरक्षा चुनौती न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने बैठकमा निर्णय गरिएको छ । १७५ जना क्षमताको कैलाली कारागारमा ६९९ कैदी राखिएको छ । कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय समितिले गरेको छ ।

कैलाली कारागारमा रहेका कैदीबन्दीको सङ्ख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेका कारण सुरक्षा चुनौती उच्च देखिएको समितिको ठहर छ । यो कारागारको क्षमता अभिवृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय सुरक्षा समितिको बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबिच समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श, सकारात्मक सोच विकास गर्ने खालका कार्यक्रम सघन रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । कैदीबन्दीका लागि पुस्तक पनि उपलब्ध गराउने समितिको बैठकले निर्णय गरेको छ । कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

शुक्रवार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय चौधरीको ज्यान गएको थियो । उक्त घटनामा ४७ जना कैदी घाइते भए । घाइते कैदीको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । घाइते कैदीको धनगढी र काठमाडौँमा उपचार भइरहेको छ ।

Loading...