असार खेतीपछि बाजुराका गाउँहरू खाली, रोजगारी खोज्दै भारततिर युवाको लर्को

बाजुरा- बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । असार धान रोपाइँ सकिएसँगै साउनको पहिलो हप्ता देखि यहाँका युवा सबै रोजगारीका लागि धमाधम भारत जान थालेपछि ती गाउँ बस्ती यती बेला दिनप्रतिदिन खाली हुँदै गएका हुन् ।

Ganyapdhura gau

गाउँमा रोजगारीका सम्भावना केही छैन । जेठको महिना धान रोपाइँ गर्नका लागि घरमा आएको हो । असारमा रोपाइँ सकिएपछि अहिले रोजगारीका लागि फेरि भारतमा जान थालेको बुढीगङ्गा नगरपालिका–१० का स्थानीय सुरत लुहारले बताए ।

Navadurga sun
Godawari sandesh

उनले भन , “ पहिले हजुर बुवा र बुवाले पनि भारतमा नोकरी गरी गाउँमा हामीलाई पाल्नु भएको थियो । अहिले मैले पनि भारतमा नोकरी गर्दै घरमा परिवार पाल्ने गरेको छु । ” गाउँका युवाहरूलाई स्थानीय सरकारले गरी खाने कहीँ उपाय दिन्छन् की भन्ने लागेको थियो । अहिले उल्टै स्थानीय सरकारले गाउँमा भएका विकासका काममा पनि बाहिर देखि काम दार ल्याउने गरेकोले युवाको रोजगारी समेत खोस्दै गएको लुहारले बताए ।

बदेडा गाउँमा झन्डै दुई सय परिवारको बसोबास छ । अहिले यी प्रत्येक घरका सबै युवा भारतका विभिन्न ठाउँमा काम गरिरहेका छन् । सबै भन्दा बढी बुढीगङ्गा नगरपालिका युवा प्राय बढी भारतमा जाने गर्दछन् । यहाँका युवा मात्र होइन महिला पनि भारतमा गएर रोजगारी गर्ने गरेका छन् ।

Dadeldhura hospital

बुढीगङ्गा नगरपालिका–१० बदेडा तिमाडा सिगाडाका धेरै पुरुष तथा महिलाहरू कामको खोजीमा भारतमा जाने गर्दछन् । त्यहाँ पुरुष चौकीदारी र महिलाहरूले घर–घरमा गएर खाना पकाउने लुगा धुने काम गर्दछन् । अहिले गाउँमा युवा कोही छैन । पढे नपढेका सबै युवा साउन लागेसँगै भारतमा गएपछि यहाँका गाउँ बस्ती युवा विहीन बनेका छन् । असारको अन्तिममा रोपाइँ सकियो । गाउँमा अन्य केही काम छैन । गाउँमा केही काम नभएपछि अहिले रोजगारीका लागि भारतमा जान थालेको बडिमालिका नगरपालिका–६ मनाका रामबहादुर साउँदले बताए ।

उनले भने, “यति बेला भारतको सिम्लामा स्याउ पाक्ने समय हो । त्यही स्याउ बोक्नका लागि गाउँका धेरै युवा भारतको सिम्ला जाने गरेका छन् ।” असारमा रोपाइँ सकेर यहाँका धेरै युवा सिम्ला जान्छन् । त्यहाँबाट दुई चार लाख कमाइ गरेर फेरि दसैँमा घर आउने गरेको साउँदले बताए । भारतमा गएर गाउँमा परिवार पाल्ने चलन बाजुरामा पहिलादेखि अहिलेसम्म उस्तै रहेको छ । कामका लागि जसरी पहिला यहाँका स्थानीय भारतमा जाने गर्थे अहिलेका युवा पनि कामका लागि भारत नै जाने गर्दछन् ।

जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, बडिमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र छेडेदह लगायतका अधिकांश युवा यती बेला असार खेती सकिएसँगै कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । बेरोजगार युवालाई गाउँमै राख्ने गरी प्रत्येक वर्षमा कृषि कार्यक्रम सञ्चालन ल्याएको कतिपय यहाँका स्थानीय तहले जनाएका छन् । प्रधान मन्त्री स्वरोजगार बाहेक अहिले गाउँमा युवाका लागि केही अवसर नभएको त्रिवेणी नगरपालिकाका रोजगार संयोजक अर्जुन रोकायाले बताए ।

यो वर्ष रकम आएको छैन । यहाँका बेरोजगारहरु गाउँमै राख्ने गरी स्थानीय सरकारले केही व्यवस्था गर्नु पर्ने हो । त्यो गर्न नसक्दा यहाँका युवाहरू यती बेला धमाधम भारतमा जाने गरेको संयोजक रोकायाले बताए ।

यती बेला असार खेती लगाएर भारतमा काम खोज्न जानेको सङ्ख्या निकै बढेको छ । एक दिनमा झन्डै दुई सयको हाराहारीमा यहाँका युवाहरू गाउँ देखि बाहिरिने गरेका छन् । त्यस मध्ये एक सय जना भन्दा बढी भारतमा जाने रहेको टिकट काउन्टर बाम्का बजारले जनाएको छ ।

बाजुरामा नौ वटा स्थानीय तह रहेका छन् । ती स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ अनुसार झन्डै २४ हजार ४४३ घरधुरी छन् । बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दमा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामीकार्तिकमा दुई हजार २२३ र खप्तडछेडेदहमा तीन हजार १७४ गरी २४ ४४३ घरपरिवार बसोबास गर्दै आएका छन् ।

Couple
Loading...