छाउपडी उन्मूलनका लागि सुदूरपश्चिम प्रदेश सरकारको नयाँ कदम

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथालगायत सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतवार सम्पन्न बैठकले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिँदै यस्तो निर्णय गरेको हो।

Navadurga sun

प्रदेश सरकारले छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति, २०७६ को प्रभावकारी कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरीय समितिले नियमित बैठक तथा अनुगमन गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय र धार्मिक संस्थालाई लक्षित गर्दै वार्षिक कार्ययोजना निर्माण गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। प्रदेश सरकारले समाजमा कायम रहेको छुवाछुत तथा विभेदजन्य व्यवहारको अन्त्य गर्न सक्रिय पहल अघि बढाउने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...