आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

Dadeldhura hospital

काठमाण्डौ । देशका धेरै ठाउँमा रातभर पानी परेकोमा अहिले भने रोकिएको छ । केही ठाउँमा हल्का मात्रै वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीसमेत चल्न सक्नेछ ।

 

Navadurga sun
Godawari sandesh
Loading...