कैलालीको गोदावरी नगरपालिकाले गर्यो ८२.८४ प्रतिशत बजेट खर्च

अत्तरिया- गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत बजेटमध्ये ८२.८४ प्रतिशत खर्च गर्न सफल भएको छ। नगरपालिकाको तथ्यांकअनुसार चालु खर्चतर्फ ८५.९८ प्रतिशत र पूँजीगत खर्चतर्फ ७७.३ प्रतिशत बजेट खर्च भएको हो।

Ganyapdhura gau

लेखापाल प्रकाश भट्टका अनुसार पूँजीगततर्फ विनियोजित ४४ करोड ७० लाख २७ हजार रुपैयाँमध्ये ३४ करोड ५५ लाख ६४ हजार ७२० रुपैयाँ खर्च भएको छ भने १० करोड १४ लाख ६२ हजार २८० रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, चालु खर्चतर्फ ७८ करोड ९१ लाख २३ हजार रुपैयाँमध्ये ६७ करोड ८५ लाख २६ हजार ८९२ रुपैयाँ ६० पैसा खर्च भएको छ भने ११ करोड ५९ लाख ६१०७ रुपैयाँ ४० पैसा मौज्दात छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

समग्रमा १ अर्ब २३ करोड ६१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ अर्ब २ करोड ४० लाख ९१ हजार ६१२ रुपैयाँ ६० पैसा खर्च गरिएको नगरपालिका स्रोतले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले बजेट कार्यान्वयनमा प्रशासनिक टिम, प्राविधिक कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयबासीको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए। उनले आगामी वर्षमा योजना कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए।

नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक सञ्जालमार्फत समग्र टिमलाई धन्यवाद दिँदै भनेका छन्, “गोदावरी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को योजनाहरू सफलतापूर्वक सम्पन्न गर्नुमा सबैको सहयोग प्रेरणादायी रह्यो। समृद्ध गोदावरी निर्माणको यात्रामा तपाईँहरूको साथले थप ऊर्जा मिलेको छ।”

यद्यपि, संघीय सरकारबाट राजस्व बाँडफाँड अन्तर्गतको ४ करोड ५८ लाख रुपैयाँ र समानीकरण अनुदानअन्तर्गतको १ करोड ५४ लाख रुपैयाँ हालसम्म प्राप्त नभएकाले आगामी आर्थिक वर्ष २०८२/८३ का योजनामा असर पर्ने सम्भावना रहेको बताइएको छ।

Loading...