सुदूरपश्चिममा भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान भए पनि रातिमा भारी वर्षा हुने सम्भावना औंल्याइएको हो ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहे पनि पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर ९नेपाल तिर० सरेको छ । मनसुनी रेखा जता अवस्थित छ, त्यता बढी पानी पर्ने मौसमविदहरु बताउँछन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।’

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकावाला सबै निकायमा अनुरोध समेत गरेको छ ।

Loading...