कैलाली- कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।


पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–५ को डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१० प ८४०५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।



उक्त दुर्घटनामा ८४०५ नम्बरको मोटरसाईकल पछाडि सवार घोडाघोडी नगरपालिका–१२ बस्ने २३ वर्षीय नोयल कठरीयाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।
कठरीयालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनका अनुसार मोटरसाईकल चालक दिपु कठरीया पनि घाइते छन् । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
अर्को मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका–४ बस्ने २५ वर्षीय उदय भाट र पछाडी सवार गौरव भाट पनि घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।





