

अत्तरिया- चुरे गाउँपालिका अन्तर्गत रहेको चुरे माविका कक्षा ९ र १० मा अध्ययनरत ६१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।


कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी पन्तको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा चक्र बहादुर बोेगटी, विशिष्ट अतिथि धना देवी थापा तथा प्रमुख प्रशासानिक विविराज सोेती लगायत को उपस्थित रहेको थियो ।



चुरे दलित सञ्जालका प्रतिनिधि बल बहादुर सार्की पनि अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिनुका साथै शिक्षा क्षेत्रमा गरिनुपर्ने लगानी र सहयोगबारे वक्ताहरूले प्रकाश पार्नुभयो। कार्यक्रममा बोल्दै अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा विद्यालय परिवारले आयोजक तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ।