गेटा अस्पतालको सेवा सुधारमा संघर्ष समिति र अस्पताल प्रशासनबीच छलफल

अत्तरिया- गेटा अस्पतालको सेवा प्रभावकारिता र आगामी योजनाका विषयमा संघर्ष समिति र अस्पताल निर्देशक डा. प्रमोद यादवबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

छलफलमा अस्पतालको हालको अवस्था, सेवा प्रवाहमा देखिएका कमजोरीहरू तथा भावी योजना कार्यान्वयनका विषयमा गम्भीर चासो व्यक्त गरिएको थियो। जनताले भोग्नुपरेको सेवासम्बन्धी समस्याबारे व्यापक चर्चा गर्दै संघर्ष समितिले अस्पताल प्रशासनको लापरवाहीप्रति असन्तुष्टि जनाएको छ।

Navadurga sun

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले अस्पताल स्थापना भएको दुई वर्ष पुगिसक्दा पनि सेवा प्रभावकारी नहुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, “३० जना चिकित्सकहरू हुँदाहुँदै २४ घण्टा सेवा सञ्चालन हुन नसक्नु चिन्ताजनक हो । प्रशासनले तत्काल सुधारमा ध्यान दिनुपर्छ ।” उनले आगामी आर्थिक वर्षदेखि गेटा अस्पताललाई ३०० शय्यामा विस्तार गर्न बजेट विनियोजन गर्न सरकारसमक्ष माग गरेका छन् । 

छलफलमा सहभागी डा. डम्बरबहादुर पालले सेवा प्रवाहमा सुधार ल्याउनुका साथै भविष्यमा चिकित्सा शिक्षाको अध्यापनसमेत आवश्यक रहेको धारणा राखे ।

अस्पतालका निर्देशक डा. प्रमोद यादवले भने, “आगामी साउनदेखि सेवा विस्तार गर्दै स्वास्थ्य बीमा, मातृ-शिशु कार्यक्रम लगायतका नयाँ योजना लागू गरिनेछ।”

उनका अनुसार हाल गेटा अस्पतालमा ६ अर्ब लागतमा ६ सय शय्याको आधुनिक अस्पताल र मेडिकल कलेज निर्माणका लागि २८ वटा भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...