एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छः अध्यक्ष नेपाल

नेपालगन्ज, २६ भदाै– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।



युवा सङ्घ नेपाल, लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरूको चासो रहेको बताएका छन् । उनले एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्याई देश विकासमा मात्रै सीमित हुनुपर्ने स्पष्ट पार्नुभयो ।




