बझाङमा भिरवाट लडेर एक महिलाको मृत्यु





बझाङ, २६ भदाै- बझाङमा भिरवाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नं. ३ मौलालीमा घाँस काट्ने क्रममा लडेर मौलाली घर भएकी ६० वर्षीया गालुदेवी रावलको मृत्यु भएको हो ।


उनको घर नजिकै रहेको अन्दाजी सामुदायिक वनको भिरमा घाँस काट्ने क्रममा लडेर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ ।



