आरसीबीको उत्सव शोकमा परिणत, विजय जुलुसमा भागदौड हुँदा ७ जनाको मृत्यु

काठमाडौं- आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को उत्सव शोकमा परिणत भएको छ । चिन्नास्वामी स्टेडियम बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो ।

उत्सवको क्रममा रंगशाला भित्र र बाहिर अचानक भीड अनियन्त्रित भएपछि अराजकता मच्चियो। यसमा धेरै मानिस कुल्चिएर घाइते भएका छन् । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा ७ जनाको मृत्यु भएको बताएको छ । साथै २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । फ्यानहरू ठुलो संख्यामा रंगशालामा पुगेका छन् । 

आरसीबीले १८ वर्षमा पहिलो पटक आईपीएलको उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्‍यो ।

रजत पाटीदारको कप्तानीमा आरसीबीले इतिहास रचेको हो ।  मृतक र घाइतेको संख्या बढ्ने भारतीय प्रहरीले अनुमान गरेको छ । 

Loading...