गायक लामाको उपचारका लागि पूर्वमन्त्री आलेद्वारा २५ हजार आर्थिक सहयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अमर लामाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।

Dadeldhura hospital

लामो समयदेखि बिरामी भई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत लामालाई मंगलबार अस्पतालमै गएर भेटेका आलेले २५ हजार रुपैयाँ सहयोग गरेका उनको सचिवालयले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

डोटीको बडीकेदार गाउँपालिका–३, देवलका लामा लोक तथा दोहोरी गायक हुन्। गत चैत १७ गतेदेखि कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भई निरन्तर उपचाररत उनलाई यही वैशाख १४ गते काठमाडौं ल्याइएको थियो। रासस

Loading...