कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ चित्रनगर, धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट र धनगढी उपमहानगरपालिका–१८ एफ गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५२ ७८० बराबरको सामान बरामद गरिएको छ।

उक्त मुल्य बराबरको प्याज, सुर्ती, अमृत खट्टा, छिद्रा माछा, लेडिज सुट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–२ खैरेनि, बेलौरी नगरपालिका–४ रिछाहा र बेलौरी नगरपालिका–७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८५ हजार ४६४ बराबरको सामान बरामद गरेको छ।

कञ्चनपुरबाट भन्सार छलीको घाँसको बिउ, घाँस मार्ने बिषादी, मल, तरकारी, गम्छा, कट्टु, अण्डा, चकलेट, चिनि लगायतका सामान नम्बर नखुलेको मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...