अपाङ्गता भएका महिलाको क्षमता बढाउन चैत ८ गते ‘फेसन सो’ हुँदै

धनगढी- धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । 

‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अपाङ्गता भएका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको साइनिङ होम पोखराकी अध्यक्ष आशिका चन्दले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

क्षमता भएर पनि प्रस्फुटन हुन नसकेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रमको अयोजना गर्न लागिएको उनले बताइन् । महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले अपाङ्गता भएका महिलाहरूको प्रतिभाको खोजीका लागि कार्यक्रम महत्वपूणै हुने बताए ।

कार्यक्रममामा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने अपाङ्गता भएका १५ जना महिलाहरूको सहभागिता रहने उनले जानकारी दिए । 

Loading...