सुदूरपश्चिमका रिक्त पदमा भागबण्डा गरी नियुक्त गर्ने कांग्रेस-एमालेको निर्णय

धनगढी- सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका राजनीतिक नियुक्ति सम्बन्धी विभिन्न पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न कांग्रेस–एमाले सहमत भएका छन् ।

बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच राजनीतिक नियुक्तिमा भागबण्डा गरी सहमति भएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसको खाका बनाउने जिम्मा मुख्यमन्त्री कमल बहादुर शाह र पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई दिइएको छ ।

Dadeldhura hospital

‘प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रदेश सरकारका काम कारवाही थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ, बैठकमा सहभागी एक नेताले भने, ‘रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरुमा सहमतीका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय पनि भएको छ ।’

सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने प्रादेशिक अस्पतालका अध्यक्षहरुको कार्यकाल सकिन केही समय मात्र बाँकी छ । यस्तै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानमा पनि पदहरु रिक्त हुँदैछन् । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सहमतीका आधारमा राजनीतिक नियुक्तिका पदहरुमा भागबण्डा गर्नेछ ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिर बहादुर बलायरको अध्यक्षतामा बसेको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो ।

बैठकमा एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल लगायतका नेताहरु सहभागी भएका थिए ।

Loading...