बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीय डम्मरबहादुर रोकाया रहनुभएको छ ।

Dadeldhura hospital

घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार मृत्यु भएको हो । बाख्रा चराउन गएको बेला रुखमा घाँस काट्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताए । 

godawari10 Mahila hinsa
Navadurga sun

करिब एक सय मिटर तल खोँचको खोलामा उहाँको लास फेला परेको उहाँले बताउनुभयो । मृतक रोकाया कैलाश र घटाल देवताका पुजारीसमेत थिए ।बस्तुभाउको लालनपालन गर्नका लागि जिल्लामा स्थानीयले बर्सेनि ज्यान गुमाउनुपरेको छ ।

Loading...