पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

 

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। शुक्रबार दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

Dadeldhura hospital

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Navadurga sun
Godawari sandesh

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

Loading...