अत्तरिया उद्योग वाणिज्य संघले कैलालीका सिडिओ खगेन्द्रलाई स्वागत

कैलाली- कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाललाई एक कार्यक्रमका विच अत्तरिया उद्योग बणिज्य संघले स्वागत गरेको छ । संघको भवनमा आयोजित उक्त कार्यक्रममा कैलालीमा सरुवा भएर आएका रिजाललाई स्वागत गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग व्यवसायीहरु संग सुमधुर सम्बन्ध बनाएर आफूले काम अगाडी बढ्ने बताएका छन् । उनले राज्यको शक्ति भनेकै निजि क्षेत्र भएकाले निजि क्षेत्र र राज्य विच तालमेल मिल्न आवश्यक रहेको समेत बताए ।

राज्यले निजि क्षेत्रलाई प्रोत्साहन गर्ने, सहजिकरण गर्ने र जतिसक्दो व्यपार व्यवसायलाई सहज बनाउन सहयोग गर्नु पर्ने धारण व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले निजि क्षेत्र र प्रशासन विच नङ र मासुको जस्तो सम्बन्ध भएको बताए ।

उनले निजि क्षेत्रले नै देशको ७० प्रतिशत व्यवभार धान्ने भएकाले निजि क्षेत्रले निर्धक्क भएर व्यपार व्यवसाय गर्न पाउने वातावरण राज्यले बनाउनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी रिजालको स्वागत तथा व्यवसायिहरु बिच परिचयात्मक कार्यक्रममा सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतम, नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रिय सदस्य कल्पना गैरे, अत्तरिया उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्त रोकाया ललित, अत्तरिया उद्योग बाणिज्य संघका पदाधिकारी, निजि क्षेत्रमा आवद्ध व्यवसायीहरु लगायत पत्रकारहरुको सहभागिता समेत रहेको थियो ।

Loading...