बाजुराबाट पोखरा हिँडेको गाडी सुर्खेतमा दुर्घटनामा

सुर्खेत । बाजुराबाट विद्यार्थी बोकेर पोखरा जाँदै गरेको गाडी सुर्खेतमा दुर्घटनामा परेको छ। बाजुराको भानुदय विद्यालयका विद्यार्थी लिएर पोखरा जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ख ३०५४ नम्बरको बस सुर्खेतको बराहताल गाउँपालिका-५ आमखोलीमा दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परी ६ जना विद्यार्थी घाइते भएका छन्। ‘दुर्घटनामा ६ जना घाइते भएको टिपोट छ, नाम खुलेको छैन,’ सुर्खेत प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले भने।

Navadurga sun

उनका अनुसार बसको स्टेरिङ फेल भएर दुर्घटनामा परेको हो। बस सडकबाट करिब १० मिटर तल खसेको उनले बताए। घाइतेहरूलाई सामान्य चोट रहेको डिएसपी विश्वकर्माले बताए। घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको उनले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...