अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालयको ३ कोठे पक्की भवन शिलान्यास भएको छ ।




विल्ड अन नेपाल, चुरे गाउँपालिका र जनकल्याण आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको ३ कोठे पक्की भवन बन्ने भएको हो ।


सो विद्यालयमा निर्माण हुने पक्की भवनको बुधबार एक कार्यक्रमका बिच चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले पूजाआजा गरि शिलान्यास गर्नु भएको छ ।




