कञ्चनपुर- कञ्चनपुरबाट लागूऔषध सहित बझाङका दुई युवक पक्राउ परेका छन् ।



जिल्लाको बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ ।


उनीहरू दुबै जनालाई चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथ बाट४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाको छ ।





