बर्दगोरिया ४ मा मोटर ड्राइभिङ तालीम सम्पन्न

Dadeldhura hospital

अत्तरिया- कैलालीको बर्दगोरिया गाउँपालिका ४ मा १ महिने मोटर ड्राइभिङ तालीम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ४ ले सीप सिकौँ आत्मनिर्भर बऔँ भने मूल नाराका साथ संचालनमा ल्याएको १ महिने मोटर ड्राइभिङ तालीम आइतबार एक कार्यक्रमका बिच सम्पन्न गरेको हो ।

उक्त तालिममा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । उक्त तालिम पश्चात स्वरोजगार तथा आत्मनिर्भर बन्ने विश्वास लिइएको  वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।

Loading...