

अत्तरिया- कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन् ।



अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका– ६ का बब्लु ताम्राकार घाईते भएका हुन ।


गयराती घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।





