आठ लाख बढी मुल्यको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट आठ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकी ब्यारेल नजिक र भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ३७ हजार ९ सय बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका पित्तल र कासोका जस्ता देखिने बिभिन्न भाँडा, घण्टी, घण्टी बजाउने रालो, कट्टु, मोजा प्लाष्टिक झिल्ली, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...