लागूऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–३ बस्ने २० वर्षीय सुबास थापा १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका छन्।

यसैगरी धनगढी उपमहानगरपालिका–१३ राजपुर आयुर्वेदिक अस्पताल नजिकबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर ६४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
Godawari sandesh
Loading...