चार लाख बढी मुल्यको अवैध सामान बरामद

Dadeldhura hospital

धनगढी । कैलालीबाट ४ लाख बढी मुल्यको अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका–८ फुलबारी बसपार्क र टीकापुर नगरपालिका–७ डाडाबोझिस्थित सडक खण्डबाट शुक्रवार अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सो स्थानबाट चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाईल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाईकललगायतका सामान गरी ४ लाख १४ हजार ७५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...