करेन्ट लागेर युवतीको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो।

Ganyapdhura gau

सरीया उठाउने क्रममा बिजुलीको हाईटेन्सन तारमा छुन गई करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। घाईते कठरीयाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै उपचारको क्रममा नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको जोशीले जानकारी दिए।

Couple
Loading...