सात लाख बढीको अवैध सामान फेला

धनगढी । कैलाली-कञ्चनपुरमा सात लाख बढीको अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा ७ लाख ३३ हजार १३० मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

Dadeldhura hospital

बुधबार कैलालीको धनगढी-१ शान्तीनगर, धनगढी-२ आदर्श चोक, धनगढी-१० जुगेडा, गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक, भजनी नगरपालिका-३ काँडापुल र टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ५९ हजार १३० मूल्यको सामान प्रहरीले बरामद गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्याज, चिनी, बदाम, हरियो खुर्सानी, आलु, बिडी, सुर्ती, काजु, प्लाष्टिक झिल्ली, डिस्पोजल गिलास, टोकरी, वाटर पम्प, मास्टर पिल्लर, मोटरसाइकलका पाटपुर्जा, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले, सिद्रा माछा, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, बुधबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवा जाने बाटो र बेलौरी नगरपालिका-२ दिनापुरबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७४ हजार मूल्यको मोबाइलका टेम्पर ग्लास, मोबाइल कभर, डिस्प्ले, ब्रोइलर कुखुरा, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 

Loading...