

डडेल्धुरा- डडेल्धुरामा घरेलु हिंसा र जबरजस्ती करणी उद्मोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।



घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएको आलिताल गाउँपालिका-१ बस्ने २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएको पर्शुराम नगरपालिका-१ सलोन बस्ने ४० वर्षीय गगन बि.क पक्राउ परेका हुन् ।


जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।