युवकलाई अपहरण गर्ने तीन पक्राउ

अत्तरिया- कैलालीमा युवकलाई अपहरण गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी पक्राउ परेका हुन्।

Dadeldhura hospital

उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ। बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय र कबेदारस्यु गाउँपालिका–६ का १७ वर्षीय किशोर कुटपिटमा परेका थिए।

Loading...