भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी । कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी-२ मिलन चोक, धनगढी-३ ट्राफिक चौहारा, धनगढी-४ उत्तरबेहडी, धनगढी-९ त्रीवेणीघाट, टीकापुर-१ मनुवा र जोशीपुर-१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २० हजार ६१० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।

भन्सार छलीको प्याज, चिनी, मिश्री, मिठाई, चक्लेट, केराउ, सरप, चप्पल, सल, अण्डरवेयर, टाउजर, ज्याकेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
Godawari sandesh
Loading...