बझाङमा चामल बोकेको ट्रक दुर्घटना

बझाङ- बझाङमा चामल बोकेको ट्रक दुर्घटना भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा गाउँपालिका– १ जालेबगर नजिकै बुधवार चामल बोकेको ट्रक दुर्घटना भएको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय बझाङले चामल बोकेको ट्रक दुर्घटना भएको बताएको छ । धनगढीबाट बझाङ सदरमुकाम चैनपुर जाँदै गरेको से १ ख ३६९१ नम्बरको ट्रक दुर्घटना भएको हो । 

Navadurga sun
Godawari sandesh

दुर्घटनामा चालक बैतडीको सिगास गाउँपालिकाका अन्दाजी २८ तपेन्द्र चन्द सामान्य घाइते भएका छन् । चामल बोकेको उक्त ट्रकमा चालक मात्रै सवार थिए। ट्रक सडकबाट पाँच मिटर तल खसेको छ। चामल तथा ट्रकमा क्षति भएको छैन । 

Loading...