धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ 

धनगढी- धनगढीबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

बाल यौन दुर्व्यवहार मुद्दामा १५ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय हरिश कार्की, लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सुवास थापामगर र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१४ बस्ने ४३ वर्षीय शंकर प्रसाद शर्मा पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Loading...