


धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलकुमार थारूको मृत्यु भएको हो ।



कैलाली प्रहरीले मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थारूको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बताएको छ ।


जानकी गाउँपालिका–३ का थारू सोमवार भजनी–४ कुणीमा मोटरसाइकल दुर्घटना परेर घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थारूलाई आफन्तले उपचारका लागि कोहलपुर लगेका थिए । कोहलपुर अस्पतालमा उपचार हुन नसक्दा उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको थियो । काठमाडौँ लैजाने क्रममा बटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





