अत्तरिया- कैलालीको अत्तरियामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ। वनदेवी युवा क्लब (बीवाईसी) को आयोजनामा यु २३ बीवाईसी कप २०८१ पुरुष फुटबल प्रतियोगिता आयोज गर्न लागिएको हो ।



कार्तिक २२ गते देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको जनाइएको छ । प्रतियोगितामा विजयी खेलाडीले १ लाख १ रुपैयाँ पुरस्कार पाउने खेल संयोजक देव राज जोशीले बताए ।



यस्तै द्धितिय हुनेलाई ५० हजार १ रुपैयाँ, ट्रफि मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताएका छन् । प्रतियोगितामा सहभागी खेलाडी मध्ये म्यान अफ दी म्याच तथा विविध विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
२३ वर्ष मुनिका खेलाडी मात्रै सहभागी हुन पाउने गरी फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक वनदेवी युवा क्लब (बीवाईसी) ले जनाएको छ । क्लबका अध्यक्ष शुसन जोशीले खुला उमेर समूह र कम उमेर समुहका थुप्रै प्रतियोगिता आयोजना गरिए पनि अण्डर २३ समूहको पहिलो प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् । उनले भविष्यको लागि युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा कैलाली र कञ्चनपुरका विभिन्न क्लबका तथा पालिकाहरूका टिम सहभागी हुने खेल संयोजक जोशीले बताए । प्रतियोगितामा सहभागिताका लागि कार्तिक २० गते भित्र नै टिम दर्ता गराइसक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
खेल संयोजक जोशीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै टिम दर्ता पनि हुने क्रम जारी रहेको बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा डाबर नेपाल प्रालि काठमाण्डौं रहेको छ भने सह प्रायोजकको रूपमा रोह्तो मेन्थोलेटम नेपाल प्रालि काठमाण्डौं रहेको आयोजकले जनाएको छ ।




