अवैध सामान सहित ६ जना भारतीय नागरिक पक्राउ

धनगढी- कैलालीमा ४ लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उनीहरुलाई ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरेको हो । यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ ।

बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

Loading...