बैतडीमा अटो दुर्घटनामा परेर एक महिलाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ खोचलेकमा सुदूरपश्चिम प्रदेश प्रदेश ०१–००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना भएको थियो । अटोमा सवार दोगडाकेदार गाउँपालिका–२ की ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना गम्भिर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...