धनगढीमा मेयर, उप-मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु

धनगढी- धनगढीमा मंगलबार देखि मेयर, उप-मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु भएको छ । संघीय प्रहरी ईकाइ कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगितको धनगढीका नगर प्रमुख नृपबहादुर वड र उप-प्रमुख सुशीला मिश्रले भब्य समारोहका बिच उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए । मेयर, उप-मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले निरन्तरता पाउने नगरप्रमुख वडले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै धनगढी उप-महानगरपालिकाका उप-प्रमुख सुशीला मिश्र भट्टले हरेक क्रियाकलापहरुमा छात्रा र छात्राको सहभागिता महत्वपूर्ण हुने बताईन । अहिले आयोजना गरेको मेयर, उप-मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले समाजको धारणामा परिवर्तन ल्याउन सहयोग पुर्‍याउने उप-प्रमुख भट्टले बताईन ।

क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी रेग्मीले मेयर, उप-मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताका लागि सहयोग गर्ने धनगढी उप-महानगरपालिका र आयोजना गर्ने धनगढी प्वाब्सनलाई धन्यवाद दिए ।

सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले खेलकुदका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको बताए । कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज पन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ ।

Loading...