

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा बडेहाँ बिजौरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।


सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानी आयोजना निर्माण भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानीबाट गोदावरीको वडा नम्बर १, ५ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् ।



बिगतका दिनमा खोला नालाको दुषित पानि र नल्काको पानी पिउन बाध्यता रहेका स्थानियहरु बडेहाँ बिजौरा शुद्ध खानेपानि निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।
बडेहाँ बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव मान बहादुर बलायरका अनुसार खानेपानीको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानि र जिल्ला खानेपानी डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानि निर्माण भएको उनले बताएका छन् । सचिव बलायरले खानेपानि आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउदै निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले निर्माण सम्पन्न भएको खानेपानी आयोजना कार्तिक ७ गते एक कार्यक्रमका बिच समितिलाई हस्तान्तरण गरिने बताएका छन् ।





