गौरीगंगाबाट २ किलो बढी चरेस सहित एक जना पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीमा २ किलो भन्दा बढी चरेस सहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–८ बडैपुरमा चरेस सहित एक जना पक्राउ परेका हुन् ।

बझाङको केदारस्यु गाउँपालिका–६ का २२ वर्षीय गोबिन्द धामीले बोकेको कालो झोला भित्र २ किलो ७ सय ४० ग्राम चरेस फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...