सुनको मूल्य चार महिनायताकै सस्तो





काठमाडौं, २५ साउन– नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा १ हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।


जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि तेजावी सुनको मूल्य पनि तोलामा १ हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।



