विपन्न वर्गलाई नेपाल रेडक्रस सोसाइटीद्वारा नगद सहयोग

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जलवायु प्रकृतिमा सामाधान तथा उत्थानशील जीविकोपार्जन कार्यक्रममा नगद हस्तान्तरण गरिएको छ ।

बिहीबार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले एक कार्यक्रमको आयोजना गरी यस क्षेत्रका गरिबीको रेखा मुनि रहेका दलित, जनजाति लगायत आर्थिक स्थिति कमजोर भएकाहरूले व्यवसायिक कृषि उत्पादन तथा अन्य क्रियाकलाप गरी जीवनस्तर उकास्नका लागि गाउँबस्तीमा नै नेपाल रेडक्रस सोसाइटीले २० जना सदस्यहरुलाई नगद हस्तान्तरण गरेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि वासुदेव बिनाडीको सभापतित्वमा संचालित नगद हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट, वडा अध्यक्ष गोविन्द चौधरी, कार्यपालिका सदस्य चन्द्रा भूल, रेडक्रस सोसाइटीका अन्य प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

धनगढी उमहानगरपालिकाको वडा नं १७ र १९, गोदावरीको २ र ८ त्यसै गरी चुरे गाउँ पालिकाको माथिल्लो बेल्डमा नेपाल रेडक्रस सोसाइटीको कार्यक्रम लागु भएको जनाईएको छ । व्यवसायिक सुधार योजनाका लागि स्थानीयकाे माग र संस्थाले गर्न सकिने क्रियाकलापलाई छलफलबाट काम अगाडि बढाउने कार्यक्रममा बताएको छ ।

नेपाल रेडक्रस सोसाइटीको जीविकोपार्जन कार्यक्रममा स्थानीयलाई प्रति व्यक्ति ३० हजार बैङ्किङ प्रणाली मार्फत नगद हस्तान्तरण गरिएको छ ।

व्यवसायिक क्रियाकलाप गर्दै गर्दा किस्ता सिस्टमबाट सुरुवाती समयमा ६० प्रतिशत र दोस्रो किस्ताको रूपमा ४० प्रतिशत दिइँदै गरेको रेडक्रस सोसाइटीका प्रतिनिधि नरेन्द्र भट्टले बताएका छन् ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यस क्षेत्रमा बस्दै आएका न्युन स्तरका किसान नगरबासिहरुले पाएको सहयोग रकमबाट व्यवसायिक रुपमा केही लाभ लिन सहयोग पुग्ने बताएका छन् । यस ठाउँबाट उत्पादन गरेका तरकारी तथा फलफुललाई बजारीकरण गर्न पालिकाले सहयोग गर्ने समेत नगर प्रमुख भट्टले बताएका छन् ।

Loading...