साफ यू-२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज ९बुधबार० नेपाल बंगलादेशसँग भिड्दै छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

Ganyapdhura gau

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने बताए पनि मैदान खराब भएकाले एन्फा कम्प्लेक्स मैदानमै हुने भएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो। समूह चरणमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा भिडेको थियो। समूह उपविजेता बंगलादेशले साविक विजेता भारतलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो।

सन् २०१७ मा भएको साफ यू-१८ को उपाधि जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन। अत: यसपटक घरेलु मैदानमा बंगलादेशलाई हराएर नेपाल उपाधिको नयाँ इतिहास रच्न चाहन्छ। तर बलियो टोली भारतलाई हराएको बंगलादेश नेपालका लागि सहज छैन।

सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन्।त्यसैले आजको फाइनल प्रतिस्पर्धामा नेपाली युवा टोली फिनिसिङ लाइनमा देखिएको कमजोरी सुधार्दै जित्ने रणनीतिका साथ मैदानमा उत्रन जरुरी छ।

Couple
Loading...