म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८ घाइते

अत्तरिया- कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका–६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ रहेका छन् ।

उनीहरुको अवस्था मध्यम रहेको छ । घाइते दुई जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । म्याजिकमा सवार अन्य ५ जना सामान्य घाइते भएका छन् । म्याजिक चालक प्रकाश बोहोरा र म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...