


अत्तरिया- मोटरसाइकल दुर्घटना हुँदा पत्रकार प्रेम बिष्ट घाइते भएका छन् । शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–२ स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रीत हुँदा बिष्ट घाइते भएका हुन ।


उनको बाँया हातमा चोट लागेको छ । विष्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको पारिवारीक स्रोतले जनाएको छ । उनी इ–टाईगर न्युज डटकमका प्रवन्ध निर्देशक एवं कार्यकारी सम्पादक हुन् ।





