धनगढीमा नगर प्रहरीलाई वाटर रेस्क्यु सम्बन्धी तालिम

धनगढी- धनगढी उपमहानगरपालिकामा नगर प्रहरीका लागि वाटर रेस्क्यु सम्बन्धी तालिम सुरु भएको छ । शुक्रवार सुरु भएको तालिम चार दिनसम्म चल्नेछ । शुक्रवार सैद्धान्तिक कुराहरूको सिकाइ हुनेछ भने तीन दिन सम्म ताल तथा नदीमा गएर नगर प्रहरीले अभ्यास गर्नेछन् ।

Dadeldhura hospital

सशस्त्र प्रहरी बल का प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको टोलीले नगर प्रगरीलाई जल उत्पन्न प्रकोपको समयमा द्रुत उद्धार सम्बन्धी तालिम दिनेछ ।

Navadurga sun
Godawari sandesh

उपमहानगरपालिकाले विपद्को समयमा नागरिकलाई सहयोग पुगाउन नगर प्रहरीको क्षमता विकास गर्न विभिन्न तालिम दिँदै आएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए । 

त्यस्तै प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रबहादुर खातीले तालिम पश्चात् नगर प्रहरीलाई विपद्को समयमा काम गर्न सहज हुने बताए। नगर प्रहरीलाई चार दिनसम्म जल उत्पन्न प्रकोपको समयमा उद्धार तथा पुनर्स्थापना सम्बन्धी तालिम दिइने प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

Loading...