उपमहानगरले नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन सुरु

धनगढी- धनगढी उपमहानगरपालिकाले नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन सुरु गरेको छ ।

Dadeldhura hospital

पालिकाले नगर विकास समितिको नाममा दर्ता स्रेस्ता रहेको साबिकको तारानगर–४ (क) कित्ता नम्बर ३००३ क्षेत्रफल १२–१८–१४.५ को जग्गा (साबिक विमानस्थल रहेको) जग्गामा भएको अतिक्रमण खाली गराउन थालिएको हो । जग्गा अतिक्रमण गरी घर, टहरा बनाइएको थियो । धनगढी उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरेर संरचना भत्काउन थालेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

हाल पुनः नाप नक्सा भई कायम भएको धनगढी उपमहानगरपालिका–१ नक्सा सिट नम्बर ०२७–०७६९–०१ को कित्ता नम्बर ४, ३५ र ३९ तथा सिट नम्बर ०२७–०७६९–०२ को कित्ता नम्बर ४, १४, २० र १७२ को जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी घर टहरा निर्माण गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सरकारी जग्गा अतिक्रमण गरेर संरचना निर्माण गरिएकाले २०८० भदौ २६ मा बसेको बैठकले त्यस्ता संरचना हटाउने निर्णय गरेको थियो ।

अतिक्रमण खाली गर्नका लागि पटक पटक सार्वजनिक सूचना टाँस गर्दा समेत अटेर गरेपछि संरचना भत्काउन बाध्य भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।

Loading...